तनहुँको भीमादमा आफैले ढालेको रूखले च्यापेर मृत्यु

तनहुँको भीमादमा आफैले ढालेको रूखले च्यापेर मृत्यु

sisau

तनहुँमा आज बिहान रुखले च्यापेर एक जनाको मृत्यु भएको छ ।

भीमाद नगरपालिका वडा नं. ६, कुमालडाँडा, फेदीका ५८ वर्षीय शेरबहादुर कुमालको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, तनहुँका अनुसार भीमाद-६ रङ्गशाला नजिकैको सिसौघारीमा सुकेको रुख काट्ने क्रममा ढलेको रूखले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ