शव भेटिएको करिब एक महिनापछि म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानीकी १९ वर्षीया मीना परियारको बुधबार हिन्दू परम्पराअनुसार कालिगण्डकी नदीमा दाहसंस्कार गरिएको छ ।
गत वर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपीसहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएपछि अन्त्येष्टि गरिएको हो । मृतक मीनाको हत्यामा सामूहिक संलग्नता भएको भन्दै पीडित परिवारले दाहसंस्कार नगरी बेनी अस्पतालको शबगृहमा राखेका थिए ।
दाहसंस्कारमा जनसागर उर्लिएको थियो । मृतक परियारको श्रद्धाञ्जली सभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सहित दलित अधिकारकर्मीको उपस्थिती रहेको थियो ।
मीनाको शव (कंकाल) साउन २७ गते म्याग्दी बेनी नगरपालिका वडा नम्बर ९ आँखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा फेला परेका थियो। मृतक परियारको हत्यामा संलग्न खत्री, मुख्य अभियुक्तकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाइ श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने आदेश भएको थियो ।
शब अन्त्येष्टि गरी आन्दोलनको स्वरुप समेत परिवर्तन गरिने संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक पदम किसानले बताए । ‘प्रारम्भिक न्याय पाएका छौ, संघर्षका कार्यक्रमहरु फेरिएको छ,अब मीना परियारको जस्तो घटना हुन नदिने गरी सक्रिय हुन्छौँ,’ संयोजक किसानले भने ।
उनले दलित युवतीहरुलाई यौन सन्तुष्टिको साधन बनाउने कार्यलाई निरुत्साहित गर्न जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताए । जातीय विभेदलाई दण्डित गर्ने कानून बने पनि कार्यान्वयन र समाजमा दलितहरूलाई हेर्ने दृष्टिकोण कमजोर रहेको उनको भनाइ थियो । प्रेम सम्बन्धपछिको गर्भपतन गराउन अभियुक्त खत्रीले दिएको दबाबलाई अस्वीकार गर्दा प्रहार गरेको हतियार सहित शब भेटिएको थियो ।
मृतक परियारको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको रिर्पोटबाहेक अन्य सबैमा हत्या नै भएको देखिएको थियो । मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात सर्वस्वसहित जन्मकैद सजाय तथा अन्य अभियुक्तलाई समेत ज्यानसम्बन्धी कसुरअन्तर्गत ज्यान मार्ने वा मार्न सघाएको अभियोगमा हदैसम्म अर्थात आजीवन कारावास सजाय माग गरिएको छ । मीना बेपत्ता भएपछि निरन्तर परिवार र दलित संघसंस्थाले चरणबद्ध आन्दोलन गरेका थिए ।
सम्बन्धित खबर
फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
लार्के पास जाने क्रममा बेलायती नागरिकको मृत्यु
प्रभु बैंकद्वारा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना
रूपा तालबेसीमा रूखको ठुटोबाट निरन्तर पानी आउन थालेपछि स्थानीय चकित
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर