तनहुँबाट लागु औषधसहित युवक पक्राउ

तनहुँबाट लागु औषधसहित युवक पक्राउ

Yubak-pakrau

तनहुँ । तनहुँमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका– ७ का २४ वर्षीय विश्वास सारू मगर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

आबुखैरेनी गाउँपालिका– ४ बेनिटारमा सवारी चेकजाँचको काकँडभित्ताबाट पोखरा आउँदै गरेको ग १ ख ९६१७ नम्बरको बसबाट उनलाई लागुऔषध सहित पक्राउ गरेक हो।

प्रहरीले मगरले जेब्रा झोलाभित्र लुकाई ल्याएको डाइजापाम १११ एम्पुल, फेनरागन १११ एम्पुल र नुर्फिन १११ एम्पुल गरी जम्मा ३३३ एम्पुल अवैध लागुऔषध बरामद गरेको छ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ