पावरहाउस रिर्सोटको स्वीमिङ पुलमा डुबेर पाेखरा भ्रमणमा आएका युवकको मृत्यु

पावरहाउस रिर्सोटको स्वीमिङ पुलमा डुबेर पाेखरा भ्रमणमा आएका युवकको मृत्यु

Powershose_swim

पोखरा मंगलबार दिउँसो स्विमिङ पुलमा डुबेर पाेखरा भ्रमणमा आएका पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतको भारतीय नागरिक सीतापुर उत्तरप्रदेश घर भएका २३ वर्षीय देवान सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

देवान पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस रिर्सोटमा रहेको स्विमिङ पुलमा पाैडी खेल्ने क्रममा डुबेका थिए ।

स्विमिङ पुलमा डुबेर अचेत भएका भारतीय नागरिक सिंहलाई उद्धार गरी गण्डकी मेडिकल कलेजमा ल्याए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक सिंहको शव पोष्टमार्टम पछि उनका बुवा रुकमेन्द्र प्रताप सिंहले बुझेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ