काठमाडौँ । कलाकार बनाएर युरोपेली देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंकर ‘इकु’ भनिने सूर्यमान शंकर पक्राउ परेका छन्।
ललितपुर उपमहानगरपालिका–२४, धपाखेल स्थायी वतन भई हाल काठमाडौंको धुम्बाराही बस्ने ४० वर्षीय कलाकार इकुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो।
उनले युरोपेली देशसहित क्यानाडा र अष्ट्रेलियामा लैजाने भनेर पहाडी र विकट जिल्लाका युवाहरूलाई प्रलोभनमा पार्ने गरेको खुलेको छ।
गतिलो काममा आम्दानी पनि राम्रो हुने लोभ देखाएर उनले लाखौँ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कलाकार इकुले आफूले संचालन गरिरहेको एसएमएस फिल्म्स प्रालिको नाममा ग्लोबल आईएमई बैंक लि. मा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको पाइएको छ।
कलाकार भिषामा विदेश पठाइदिने बहानामा उनले नक्कली भिसादेखि नक्कली बैंक स्टेटमेन्टसहितका कागजात बनाउने गरेको पनि भेटिएको छ ।
रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ तयारी भएपछि खबर गर्छु भनी पीडितहरूलाई लामो समयसम्म झुलाई अन्तमा पीडितहरूको सम्पर्कबाट बाहिर रही ठगी गरेको प्रहरीको आरोप छ।
शंकरलाई भदौ २५ गते काठमाडौँको बूढानीलकण्ठ–३, हात्तिगौंडाबाट पक्राउ गरि जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साथै, उल्लेखित व्यक्तिबाट ठगिएको भए यथाशिघ्र ब्युरोमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।
सम्बन्धित खबर
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो