दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने

दशैँका लागि असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने

New note

काठमाडौँ । यस वर्षको दशैँका लागि आउँदो असोज १३ गतेदेखि सुकिला र सफा नोट साट्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि असोज १३ गते आइतवारदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाउने अन्तिम तयारी गरेको छ । राष्ट्र बैंकले केन्द्रीय कार्यालय, प्रदेशका कार्यालय तथा अन्य बैंकहरूबाट नोट साट्न सकिने गरी व्यवस्था मिलाएको जनाएको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लिराम पोखेरलका अनुसार अहिलेसम्म सूचना जारी नभएको तर आउँदो असोज १३ गतेदेखि सुकिला नोट साट्न सक्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए । सुकिला नोट साट्न चाहानेले ५, १०, २०, ५० र १०० दरको सेटमा नोट साट्न सक्नेछन् ।

विगतमा दशैँलगायतका चाडपर्वका लागि पुराना नोटसँग नयाँ नोट साट्ने चलन थियो । तर यो वर्ष राष्ट्र बैंकले नयाँ नोट नदिने निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ