पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, कुँवर पक्राउ

अपराध

पोखरामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, कुँवर पक्राउ

Kunwar tole

पोखरामा आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार मध्यान्ह सवा १२ बजेतिरको समयमा पोखरा ८ कुँवरटोल स्थित एक घरमा डेरामा बस्ने ४२ वर्षीय जहरसिंह कुँवरले ४० वर्षीया श्रीमती राधिका कुँवरलाई खुकुरी प्रहार गरी हत्या गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

कास्की अन्नपुर्ण गाउँपालिका वडा नं. १ नौडाँडा घर भएका उनीहरुको एक छोरा छन् । घटना विवरण अनुसार सामान्य विवादमा जहरसिंहले राधिकाको घाँटीमा र पेटमा धारिलो हतियार (खुकुरी) प्रहार गर्दा घाईते बनाएका थिए ।

उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले चेकजाँच गर्दा पौने १ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई गई जहरसिंहलाई खुकुरी सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ