उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा नदिए हटाउने प्रक्रिया थाल्ने

उपसभामुखले देशको शिर झुकाएको कांग्रेसको ठहर, राजीनामा नदिए हटाउने प्रक्रिया थाल्ने

Congress-baithak-1

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानालाई राजीनामा दिन आग्रह गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकमा उपसभामुखमाथि प्रश्न उठेकाले मार्ग प्रशस्त गर्न उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

सत्तारुढ कांग्रेसले उपसभामुख  रानाले पदको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।

राजीनामा नदिए ‘पदीय आचरण विपरीत कार्य’ गरेको अभियोगसहित हटाउने प्रक्रिया थाल्ने उसको निर्णय छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सत्तारुढ दलहरुको बैठकमा उपसभामुख रानाको विषय उठाएका थिए । यसबारे औपचारिक धारणा तय गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका थिए ।

बैठकको सुरुवातमा उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकले बालुवाटार बैठकमा भएको छलफलबारे ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओलीले सोमबारको बैठकमा उपसभामुख रानामगरले पदीय आचरण अनुसार काम नगरेको विषय राखेका खड्का र लेखकले कांग्रेस बैठकमा सुनाएका थिए ।

प्रमुख सचेतक श्याम घिमिरेले यो विषयमा सत्ता गठबन्धनको साझा धारणा बनाएर अघि बढ्ने बताए । यो विषयमा छलफल गर्नको लागि चाँडै संसदीय दलको बैठक बस्ने बताए ।

उनले भने, ‘कांग्रेसको बैठकअघि सत्तारुढ दलहरुसँग छलफल गरेर साझा धारणा बनाएर अघि बढ्छौं । यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन । त्यसले संसदलाई नै अपमानित गरेको छ । यसले मुलुकको शिर झुकाएको कांग्रेसको बुझाइ छ ।’

उपसभामुखले राजीनामा नदिए संसदीय प्रक्रिया अनुसार पदमुक्त गर्ने कांग्रेस नेताहरु बताउँछन् । त्यो बेलामा दुई तिहाइ पुग्ने नपुग्नेबारे समेत कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा छलफल भएको थियो ।

जनमत र नागरिक उन्मुक्ति लगायतका दल उपसभामुख हटाउने पक्षमा रहेको कांग्रेसको बुझाइ छ  ।

दुई तिहाइका लागि १८३ मत आवश्यक पर्दछ । कांग्रेस र एमालेसँग १६७ सांसद छन् । सत्ता पक्षका सबै सांसदको संख्या १८० रहेकाले थप ३ जना दुईतिहाइका लागि आवश्यक पर्दछ ।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ