पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना)ले पत्रकारद्वय अमृत सुवेदी र परशुराम शर्मालाई सम्मान गरेको छ । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
सुवेदी अनलाइनखबर गण्डकी ब्युरो प्रमुख हुन् । शर्मा नेपाल टेलिभिजनका कास्की संवाददाता छन् । उनीहरुलाई गण्डकप् प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापालगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाईडिङ खम्बाको रुपमा रहेको बताए । उनले भने, ‘यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिन्छ । यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार छ ।’
कार्यक्रममा वक्ताहरुले प्याराग्लाईडिङमा सोलो उडान खुला गर्न माग गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सोलो उडान बन्द गरिएको थियो ।
‘ना’का अध्यक्ष सुनिल भट्टराईले पोखराको पर्यटन उकास्ने हो भने सोलो उडान खोल्नुको विकल्प नरहेको बताए । सोलो उडान नहुँदा विदेशी पर्यटकको आगमन कम भएको उनको भनाइ छ ।
ना’का महासचिव बलराम आचार्यले प्रतिवेदनमा सोलो उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरिदै आएको उल्लेख गरेका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाईडिङ खम्बाको रुपमा रहेको बताए ।
उनले भने, ‘यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिन्छ । यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले आफूले जितेर अध्यक्ष भएमा प्याराग्लाईडिङलाई उच्च प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने वाचा गरे ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाईडिङ पोखराको पर्यटनको मेरुदण्ड भएको बताए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो