गण्डकी आयुर्वेद औषधालयको स्वास्थ्यमन्त्रीद्वारा निरीक्षण

गण्डकी आयुर्वेद औषधालयको स्वास्थ्यमन्त्रीद्वारा निरीक्षण

आयुर्वेद उपचारमा आकर्षण बढ्दो

1eee400a-5f3f-491f-8f95-31e905f7a553

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी आयुर्वेद औषधालय, कास्कीको निरिक्षण गरेका छन् । मन्त्री पाठकले विगतको तुलनमा पछिल्लो समय आयुर्वेदतर्फ सर्वसाधारणको रूची बढ्दै गएको बताए ।

नागरिकहरूमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो तर पछिल्लो केहि वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको मन्त्री पाठकले बताए ।

कार्यालय प्रमुख डा. शंकर गौतमले मन्त्री पाठकलाई सेवा लिनेको संख्या दिनानुदिन बढ्दै गएको बताए । गौतमका अनुसार जडीबुटीबाट बनेको औषधि प्रयोग गर्नेहरुको संख्या बढ्न थालेको जानकारी गराए । कतिपय व्यक्तिहरु भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेको पनि डा. गौतमले सुनाए ।

त्यसैगरी, भौतिक संरचनाको पनि अभाव रहेको, स्रोत र जनशक्ति अभावले गर्दा अझै बढी नागरिकलाई सेवा दिन नसकिरहेको डा. गौतमले बताए ।

औषधालयको निरिक्षण गरेपछि मन्त्री पाठकले आफूले समस्या सम्बन्धी जानकारी पाएको र नीतिगत रुपमा गर्ने सक्ने समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ