पोखरामा लागूऔषध सहित १ जना पक्राउ

पोखरामा लागूऔषध सहित १ जना पक्राउ

पोखरा । पोखरामा लागूऔषधसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागलुङको बागलुङ नगरपालिका ७ का वर्ष १९ को सबिन गैरे क्षेत्री रहेका छन् ।

सोमबार साँझ साढे ७ बजे पोखरा महानगरपालिका ३० पावरहाउस स्थित पृथ्वी राजमार्ग सडकखण्डमा पोखरातर्फ आउँदै गरेको सवारीसाधन चेकजाँच गर्ने क्रममा बसमा सवार क्षेत्रीलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार क्षेत्रीले बोकेको झोला भित्र लुकाईछिपाई ल्याएको लागू औषध निट्राबेपाम ५८ ट्याबलेट, ट्रामाडोल १० ट्याबलेट र एन्टिकोफ ३ ट्याबलेट बारामद गरेको छ।

पक्राउ परेका क्षेत्रीलाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ