आत्महत्या रोकथाम विश्वमै चुनौतीः स्वास्थ्यमन्त्री पाठक

विश्व आत्महत्या रोकथाम दिवस

आत्महत्या रोकथाम विश्वमै चुनौतीः स्वास्थ्यमन्त्री पाठक

aatmahat ryally

गण्डकीका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आत्महत्या रोकथाम विश्वमै चुनौतीपूर्ण रहेका बताएका छन् ।

स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले विश्व आत्महत्या रोकथाम दिवसको दिन मंगलबार बिहान पोखरामा आयोजना गरेको प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै आत्महत्या रोकथाम विश्वभरी नै चुनौतीको बिषय बनेको बताएका हुन् ।

मन्त्री पाठकले आत्महत्याको दर भयावह रूपमा बढिरहेको भन्दै यसको नियन्त्रणका लागि सरकार, स्वास्थ्यकर्मी  र आम जनताको प्रयास र सहयोग आवश्यक रहेको बताए ।

‘जीवन हाम्रो अमूल्य चीज हो, स्वस्थ जीवन जिउन अपरिहार्य छ ।’ स्वास्थ्यमन्त्री पाठकले भने– ‘विद्यालयदेखि लिएर गाउँबस्तीसम्म यस विषयमा सबैले चासो दिनुपर्ने हुन्छ ।’

“आत्महत्या रोकथामबारे संवाद सुरू गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्का, जिल्ला समन्वय अधिकारी नवराज बराल, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयका महाशाखा/ शाखा प्रमुखहरु, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख तथा कर्मचारीहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा नर्सिङ क्याम्पस, महिला स्वास्थ्य स्वयंसेविकाहरु, विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

बिहान चिप्लेढुङ्गाको मानव अधिकारचोकबाट पोखरा सभागृहसम्म र्‍याली गरेर सभागृहको प्राङ्गणमा सभा गरेर विश्व आत्महत्या रोकथाम दिवसको मनाइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds