पोखरा । इन्जिनियरहरुको छाता संस्था नेपाल इन्जिनिययर्स एसोसिएसन (एनइए)को चुनावमा प्रगतिशील र लोकतान्त्रिक प्यानलै बनाएर प्रतिस्पर्धामा होमिएका छन् ।
भदौ २८ गते हुने केन्द्र र प्रदेशको चुनावी अभियान चलिरहँदा गण्डकी प्रदेशमा प्रगतिशील इन्जिनियरहरुको प्यानल उत्साहित छ ।
महेन्द्रबहादुर गोदारको सभापतित्वमा चुनावमा होमिएको संयुक्त प्रगतिशील समूहले चुनावी प्रचारका क्रममा इन्जिनियरहरुको प्रतिक्रियाले जित्ने दाबी गरेको छ ।
‘विचारभन्दा माथि, सबै इन्जिनियर साथी’ भन्ने नारालाई आत्मसात गर्दै निर्वाचनमा होमिएको संयुक्त प्रगतिशील समूहलाई इन्जिनियरहरुले सकारात्मक प्रतिक्रिया दिएको उनीहरूले बताएका छन् ।
प्रगतिशील समूहबाट गण्डकीमा गोदारको सभापतित्वमा कृष्ण रिजाल उपाध्यक्ष, आनन्द भट्टराई सचिव, अस्मिता खनाल सहसचिव र सोभित श्रेष्ठ कोषाध्यक्षको उम्मेदवार छन् । संयुक्त प्रगतिशील समूहबाट केन्द्रीय सदस्यमा रामचन्द्र पोखरेल (आरसी) केन्द्रीय सदस्य र प्रदेशका अन्य सदस्यका उम्मेदवारहरुलाई जिताउन समूहले अपिल गरेको छ ।
गण्डकीमा १ हजार ५५१ मतदाता इन्जिनियर छन् । चुनावी प्रचार तथा अभियानका क्रममा अधिकांश इन्जिनियरहरुले पेशागत हित र संस्थागत विकासका लागि सक्षम र जुझारु नेतृत्व प्रगतिशील समूहमा रहेको प्रतिक्रिया दिएका छन् ।
लामो समयदेखि इन्जिनियरिङ पेशामै लागेका, यो क्षेत्रलाई नजिकबाट बुझेका, समस्याको पहिचान गरेका सभापतिका उम्मेदवारदेखि नयाँ पुस्ताको आवश्यकता बुझेका, सिर्जनशील हुटहुटी बोकेका पदाधिकारी र सदस्यका उम्मेदवार प्रगतिशील समूहमा रहेको चुनावी अभियानका क्रममा प्रतिक्रिया दिइरहेका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो