मृगौला पीडितलाई फोटोग्राफरहरुको आर्थिक सहयोग

मृगौला पीडितलाई फोटोग्राफरहरुको आर्थिक सहयोग

aarthik_sayog

फोटोग्राफर मञ्च स्याङ्जाले गल्याङमा मृगौला पीडितलाई आर्थिक सहयोग गरेको छ । मञ्चले गल्याङ -६, पिडिखोलाकी २८ वर्षीय पुजा थापालाई उपचार सहयोगार्थ १९ हजार पाँच सय रुपियाँ सहयोग गरेको छ ।

मञ्चका अध्यक्ष बिमल खनालले सो रकम इमेज फोटो स्टुडियोका सञ्चालक रबिन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष खनालले संस्थाका सदस्यलाई दु:खपीडा पर्दा संस्था साथमा रहेको अनुभूति दिलाउँदै सहयोग गरेको बताए ।

फोटोग्राफर मञ्च स्याङ्जाका सदस्य शेर बहादुर थापाकी श्रीमती पुजा थापाको दुवै मृगौलाले काम गर्न छोडेपछि हाल त्रि. वि. शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंमा हप्ताको २ पटक डाइलासिस गराउँदै आएका छन् ।

डायलाइसिस गराउँदा हालसम्म १५ लाख रुपैयाँ खर्च भैसकेको छ । उनका परिवारमा श्रीमान् श्रीमतीसहित एक छोरी रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ