पोखरा । पोखरामा सहकारीपीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कालोझण्डा देखाएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखरास्थित सूर्यदर्शन सहकारीका पीडितले मंगलबार उनलाई कालो झन्डा देखाउँदै नाराबाजी गरेका हुन् ।
लामिछाने मंगलबार मध्यान्ह पार्टीको प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधनका लागि पोखरामा आएका थिए ।
रास्वपाले पोखरा बिरौटास्थित ग्यालेक्सी बैंक्वेटमा प्रदेशस्तरीय कार्यक्रम राखेको छ ।
सहकारी पीडितहरूले कार्यक्रमस्थलबाहिर जम्मा भएर विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर आफूहरूको बचत रकम हिनामिना गरेको भन्दै नाराबाजी गरेका छन् ।
आफूहरूको दमनमा प्रहरी ठुलो संख्यामा ल्याइएको भन्दै प्रदर्शनकारी आक्रोशित छन् ।
पीडितहरूले गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीबाट लगिएको रकम फिर्ता गर्न माग गरेका छन् । लामिछाने गोर्खा मिडिया प्रालिमा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा मुछिएका छन् । उनीमाथि छानबिन भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनमा प्रहरीले रवि लामिछानेसँग केही दिनअघि बयान लिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्मा सहितको टोलीले काठमाडौं गएर रवि लामिछाने, रास्वपाका सहमहामन्त्री विपिन आचार्य र नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीसँग बयान लिएको थियो ।
सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए । तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरूको संलग्नता अस्वीकार गरेका छन् ।
३१ असार २०७८ मा पुलेसो कर्जा मार्फत लामिछानेको नाममा सहकारीको १ करोड रकम निकासा गरिएको भेटिएको थियो । पछि उक्त ऋण फर्छ्याैट भएको पनि भेटिएको थियो । यसबारे प्रहरीले लामिछानेसँग सोधपुछ गरेको हो ।
रास्वपाका सहमहामन्त्री आचार्य गोर्खा मिडिया नेटवर्कको क्रिएटिभ डाइरेक्टर थिए । उनको नामबाट ६ पुस २०७८ मा सूर्यदर्शन सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडियामा गएको थियो ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो