एप्पलले नयाँ प्रो मोडल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ। सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो।
प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ। आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ।
यी फोनमा भएको डिस्प्ले आईफोनमा भएको सबैभन्दा ठूलो डिऊ रहेको दाबी गरिएको छ। यसमा १२० हर्ज रिफ्रेस रेट पाउन सकिन्छ। कम्पनीले यी मोडेलमा प्रो मोसन डिस्प्ले उपलब्ध गराएको छ।
फोनको फ्रेममा भने फाइभ ग्रेड टाइटानियम फ्रेम समावेश गरिएको छ। यसअघिको आईफोन १५ प्रो मोडलभन्दा यो फ्रेम बढी बलियो र टिकाऊ हुने दाबी कम्पनीको छ।
यसमा अहिलेसम्मकै ठूलो ब्याट्री र पावर म्जानेजमेन्टको सुविधा भएको जनाएको छ। त्यसबाहेक यी मोडेलमा अहिलेसम्मकै राम्रो ब्याट्री रहेको कम्पनीको दाबी छ।
यी मोडेल ए १८ प्रो बायोनिक चिपसेटद्वारा सञ्चालित छन्। यो ए १८ भन्दा शक्तिशाली भएको कम्पनीले जनाएको छ। यसमा १७ प्रतिशत बढी मेमोरी ब्यान्डविथ छ। जीपीयूका सन्दर्भमा यसमा ६ कोर जीपीयु छ। ए १७ प्रोको तुलनामा यो २० प्रतिशत शक्तिशाली भएको दाबी गरिएको छ।
फोटोग्राफीका लागि यसमा ४८ मेगापिक्सेल फ्युजन क्यामेरा छ। त्यस्तै अल्ट्रावाइड एङ्गलका लागि ४८ मेगापिक्सल अल्ट्रावाइड क्यामेरा छ। यसमा अटो फोकसको सुविधा पनि छ।
आईफोन १६ प्रोको सुरुवाती मूल्य ९९९ डलर रहेको छ भने आईफोन १६ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर कायम गरिएको छ।
सम्बन्धित खबर
आईफोन १६ प्रो र प्रो म्याक्स मोडल सार्वजनिक, मूल्य कति ?
दुई यात्रीलाई अन्तरिक्षमै छाडेर बोइङको स्टारलाइनर पृथ्वीमा फर्कियो
पोखरामा ‘कस्मिक कम्प्युटिङ एकेडेमी’ सञ्चालन, कम्प्युटर सम्बन्धी सबै तालिम दिइने
च्याट स्क्रिनशट वा कुराकानीको रेकर्ड सार्वजनिक गरे ३ लाख जरिवाना र ३ वर्ष कैद व्यवस्था गरिँदै
नेपाली डोमेन .np लिन शुल्क तिर्नुपर्ने, हरेक दुई वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था गरिँदै
सामसुङको ग्यालेक्सी एस २४ सिरिज नेपालमा अनावरण
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते