रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या

रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धको हत्या

death body

रोल्पा । रोल्पामा बन्दुकको कुन्दाले हानेर ७१ वर्षीय वृद्धाको हत्या भएको छ । थवाङ गाउँपालिका–२ जाजरकोट टोलकी ७१ वर्षीया सारू रोकाको सोमबार मध्यराति हत्या भएको हो ।

उनको हत्या गरेको आरोपमा उनका नाति ३५ वर्षीय रामकुमार रोकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रहरीका अनुसार रोकाले बन्दुकको कुन्दाले वृद्धाको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।

राति १२ बजे वृद्धाको हत्या भएको भन्ने सूचनापछि पुगेको प्रहरीले आरोपीलाई मदिराले मातेर घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको थियो ।

हत्यामा प्रयोग भएको बन्दुक घटनास्थलदेखि ७५ मिटर पर पातिको झाडीमा फेला पारेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ