डिभोर्सको नक्कली कागज बनाएका कांग्रेसका लुम्बिनी सांसद कारागार चलान

डिभोर्सको नक्कली कागज बनाएका कांग्रेसका लुम्बिनी सांसद कारागार चलान

३२ वर्षअघि सुनाइएकाे कैद फैसला कार्यान्वयन

DB-samsad

कांग्रेसका´फरार सांसद` धनबहादुर केसी उर्फ डीबी कारागार चलान भएका छन् ।

सम्बन्ध बिच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको थियो ।

२०४८ साल असार ९ गते अदालतले एक वर्ष जेल र दुई हजार जरिवानाको फैसला सुनाए पनि केसीले हालसम्म सजाय भुक्तान गरेका थिएनन् । रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले प्रदेश सांसद केसी आफैँ अदालतमा उपस्थित भएको र अदालतले उनलाई सजाए भुक्तानका लागि आज कारागार चलान गरेको जानकारी दिए ।

कानूनतः केसी सांसदको उम्मेदवार समेत बन्नसमेत योग्य नभएको भन्दै उनको आलोचना हुँदै आएको थियो । उनी रूकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भएका थिए । उनी गृहजिल्ला जाँदा प्रहरीकै सुरक्षा घेरामा हिँड्ने गरेका थिए ।

केसीलाई अदालतले सजाय सुनाएको विषय लुकाएर फरारकै अवस्थामा उम्मेदवार बनेर सांसद निर्वाचित भएको खुलासा सबैभन्दा पहिले नेपाल प्रेस डटकमले गरेपछि प्रहरीमाथि दबाब बढेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ