सेवाग्राहीको गुनासोपछि प्रधानमन्त्रीको निर्देशनः ‘सरकारी कर्मचारीको खाजा समय आधा घण्टा मात्रै’

नागरिक हित निर्णयः

सेवाग्राहीको गुनासोपछि प्रधानमन्त्रीको निर्देशनः ‘सरकारी कर्मचारीको खाजा समय आधा घण्टा मात्रै’

उल्लंघन भए हेल्लो सरकारमा खबर गर्न अनुरोध

KP_Oli 10

सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर आधा घण्टा कायम गरिएको छ।

खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिएको भन्दै आधा घण्टा घटाइएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन्। फेसबुकमार्फत् जानकारी दिँदै उनले अब हरेक दिन साढे १ बजेदेखि २ बजेसम्म खाजा समय कायम गरिएको बताए।

‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ,’ उनले लेखेका छन्, ‘खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’

उनले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा खबर गर्न पनि अनुरोध गरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ