गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नाम फेरेर नवलपुर राख्न ध्यानाकर्षण गराइएको छ।
आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर बर्दघाट सुस्ता पूर्वबाट प्रतिनिधित्व गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य, पार्टीको तर्फबाट गण्डकी प्रदेश सरकारमा सहभागी मन्त्री र जिल्ला अध्यक्ष जीवन श्रेष्ठसहितका प्रतिनिधिले मागपत्र बुझाएर प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।
मागपत्रमा जिल्लाको नामकरण नवलपुर गरिनुपर्ने, धौबादी फलाम खानीको उत्खनन निरन्तर हुनुपर्ने, त्रिवेणी–दुम्कीबास सडक, हुलाकी राजमार्ग, नमूना सदरमुकाम निर्माण र त्रिवेणी भन्सार सञ्चालन हुनुपर्नेलगायत विषय उल्लेख गरिएका छन्।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको अर्थतन्त्रले धान्ने अवस्थालाई ख्याल गरेर विकास निर्माणमा उचित ध्यान दिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्पादकत्व वृद्धि र लोकतन्त्रको रक्षामा आफ्नो तर्फबाट योगदान गर्न सबैसँग आह्वान गरे।
सम्बन्धित खबर
पोखराका अरुण गिरी राप्रपा केन्द्रीय सदस्य मनाेनित
संविधान दिवस : सहिदचोकमा दीप प्रज्वलन
गण्डकीका भौतिक पूर्वाधार मन्त्री केसीले गरे चौर अम्बोट झोलुङ्गे पुलको उद्घाटन
प्रदेशका समस्या बोकेर गण्डकीका स्वास्थ्यमन्त्री सिंहदरबारमा
संविधान दिवस : स्याङ्जामा रक्तदान तथा फलफूल वितरण
स्याङ्जामा संविधान दिवस तीन दिन मनाइने
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग