म्याग्दीकी कृष्टिना पुन बनिन् ‘मिस मगर’

म्याग्दीकी कृष्टिना पुन बनिन् ‘मिस मगर’

उत्कृष्ट ३ जना नै म्याग्दी जिल्लाका

Photo Miss Magar

 सातौं मिस मगर नेपाल–२०२४ को उपाधि दग्नाम, म्याग्दीकी कृष्टिना पुनमगरले जितेकी छिन् । ग्राण्ड फिनालेमा ११ प्रतिस्पर्धीलाई पछि पार्दै कृष्टिनाले मिस मगर नेपाल–२०२४ को उपाधि जितेकी हुन् ।

उपाधिसँगै नगद १ लाख, ट्रफि तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरिन् । कृष्टिनाले विधागत तर्फ मोस्ट चार्मिङ अवार्डसमेत हात पारिन् ।

यस्तै बेगखोला म्याग्दीकै आशिका गर्बुजामगर फस्र्ट रनरअप घोषित हुँदै ताजसहित नगद ५० हजार प्राप्त गरिन् । साथै, आशिकाले मोस्ट इन्टेलिजेन्ट र बेस्ट लिडरसिप अवार्डसमेत प्राप्त गरिन् ।

सेकेन्ड रनरअप  म्याग्दी मुदीकै नरिशा पुनमगर बनिन् । उनी ताज र नगद २५ हजारसहित पुरस्कृत भइन् । उनले फोटो जेनिक अवार्डसमेत प्राप्त गरिन् ।

थर्ड रनरअपको उपाधि गौशाला महोत्तरीकी रश्मी आलेमगरले हात पारिन् आलेमगरले ताजसहित नगद १५ हजार हात पारिन् । रश्मीले विधागततर्फ मोस्ट ट्यालेन्टेड अवार्ड र बेस्ट पर्सनालिटी अवार्डपनि जितिन् ।

भ्यूअर च्वाइस अवार्डबाट वालिङ स्याङ्जाकी माया दर्लामीमगर ताजसहित नगद १० हजारसहित पुरस्कृत भइन् भने उनले मोस्ट फ्रेन्ड्ली अवार्डसमेत हात पारेकी टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन् ।

उनका अनुसार विधागत अवार्डतर्फ मोस्ट डिसिपिलिन अवार्डबाट जानकी रास्कोटीमगर, बेस्ट ट्रेनी अवार्डबाट तंग्राम बाग्लुङकी अनुजा पुनमगर, बेस्ट क्याटवाक र मोस्ट कन्फिडेन्ट अवार्ड रामेछापकी दिपिका आलेमगरले जितिन् ।

यसैगरी मोस्ट डेडिकेटेड अवार्डबाट जेलवाङ रोल्पाकी अस्मिता बुढामगर पुरस्कृत भइन् । मोस्ट पपुलर र मोस्ट क्रियटिभ अवार्ड सरिता थापामगरले जितिन् । भने, मोस्ट इन्थुजियास्टिक अवार्ड काठमाण्डौंकी जेरुशा पुनमगरले प्राप्त गरिन् ।

एसटी क्रियशनको आयोजनामा भएको कन्टेस्टमा देशभरबाट कुल ११ जना ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । पोखरा ग्राण्डमा शनिबार भएको ग्राण्ड फिनालेको प्रस्तुतीको आधारमा निर्णायकहरुले अन्तिम नतिजा प्रस्तुत गरेको कार्यक्रमका निर्देशक सुरज थापाले जानकारी दिए ।

उनका अनुसार ग्राण्ड फिनालेको प्रमुख निर्णायकमा वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर थिए । अन्य निर्णायकहरुमा थमनसिंह थापा, जेनिता थापामगर, हर्क आलेमगर र शान्ति श्रीसमगर र निर्णायक संयोजकमा उमेश दर्लामीमगर रहेका थिए ।

ग्राण्ड फिनालेको अवसरमा यही असोज ३ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने मगर समुदायमा आधारित चलचित्र खुस्माका नायक धिरज मगर, नायिका उपासना सिंह ठकुरी र निर्देशक अशोक थापामगर लगायत सहभागी थिए ।

उक्त प्रतियोगितामा सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ