पोखरा । कास्की जिल्ला टेनिस संघको अध्यक्षमा राजकुमार गुरुङ सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा सम्पन्न दशौँ वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा नविन चालिसे, द्वितीय उपाध्यक्षमा नवीन श्रेष्ठ, सचिवमा भीष्मराज पौडेल तथा कोषाध्यक्षमा विष्णुबहादुर थापा निर्विरोध चयन भए । समितिको सदस्यहरूमा धरमबहादुर लामिछाने, प्रदीप खड्का, प्रकासराज वाग्ले र माधव भण्डारी चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूलाई गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका सांसद राजिव गुरुङले खादामाला अबिर लगाई प्रमाणपत्र वितरण गरे । सो अवसरमा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङले राजिव गुरुङ खेलकुद मन्त्री हुँदा उनको कार्यकालमा प्रदेशले खेल क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको बताए ।
गण्डकी प्रदेश टेनिस संघका अध्यक्ष विनोद कायस्थले पोखरामा टेनिस खेलको सुरुवाती दिन स्मरण गर्दै खेलाडी तथा टेनिस प्रेमीहरूको एकता र सहकार्यलेनै टेनिस खेलले यति धेरै प्रगती गर्न सकेको बताए ।
कास्की जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष केशवबहादुर थापाले गतिविधिका दृष्टिकोणले टेनिस संघ कास्कीको गतिशिल संघ भएको उल्लेख गरे । संघका सल्लाहकार गोपीबहादुर भट्टराईले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्दै यो समितिले टेनिस गतिविधिलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । अधिवक्ता विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा दोर्जे लामा गोपी भट्टराई र केशव पाठक सदस्य रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको हो ।
यसअघि समितिका निवर्तमान अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा बोल्दै अध्यक्ष गुरुङले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने विभिन्न सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरे । साथै उनले पोखरामा टेनिस विकासको गति अब नरोकिने दाबी गरे ।
कोषाध्यक्ष अनुज कुमार बाँस्तोलाले आर्थिक प्रतिवेदन पेश गर्दै टेनिसका विभिन्न गतिविधिहरू सञ्चालन गर्नका लागि आर्थिक रुपमा सहयोग गर्ने संघ संस्था तथा टेनिसका शुभचिन्तकहरूप्रति कृतज्ञता जाहेर गरेका थिए । सचिव नवीन श्रेष्ठले सञ्चालन तथा कार्यप्रतिवेदन पेश गरेको कार्यक्रममा उपाध्यक्ष नवीन चालिसेले स्वागत मन्तव्य राखेका थिए ।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो