जीपीएल क्रिकेटको उपाधि गल्याङ ब्लास्टरलाई

जीपीएल क्रिकेटको उपाधि गल्याङ ब्लास्टरलाई

glyng blaster gpl

स्याङ्‌जाको गल्याङ नगरपालिकामा आयोजित प्रथम गल्याङ प्रीमियर लिग (जिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि गल्याङ ब्लास्टरलाई हात परेको छ । गल्याङ क्रिकेट संघले गत भदौ १ गतेबाट गल्याङ प्रीमियर टी-२० लिग क्रिकेट प्रतियोगिता संचालन गरेको थियो ।

शनिबार भएको फाइनलमा गल्याङ ब्लास्टरले गल्याङ ईगल्सलाई पराजित गरेर उपाधि आफ्नो हात पार्न सफल भएको हो । १४ ओभरमा ९२ रन बनाएर अलआउट भएको ईगल्सलाई दुई विकेट गुमाएर १० ओभरमा नै आफूले पाएको लक्ष्य पूरा गरेर गल्याङ ब्लास्टरले उपाधि जितेको हो ।

उक्त प्रतियोगिताको विजेता गल्याङ ब्लास्टरले एक लाख रुपियाँ र उपविजेता गल्याङ ईगल्सले ५० हजार रुपियाँ पुरस्कार पाएको थियो ।

त्यस्तै, प्रतियोगितामा सहभागी भएका आठ टिम प्रत्येकले जिल्ला बाहिरका ३/३ जना खेलाडी समावेश गरेर प्रतिस्पर्धा गरेका थिए । आयोजक गल्याङ क्रिकेट संघले जिल्लाभित्र क्रीकेट खेलप्रति रुचि राख्ने खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ