जाजरकोटमा पहिरोले घर पुरिँदा वडा सदस्य दम्पतीको मृत्यु

जाजरकोटमा पहिरोले घर पुरिँदा वडा सदस्य दम्पतीको मृत्यु

jajarkot-Pahiro

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा पहिरोले घर पुरिँदा वडा सदस्य दम्पतीको मृत्यु भएको छ।

पहिरोले पुरिँएर महिला वडा सदस्य ३८ वर्षीया प्रेमकुमारी चलाउने दम्पतीको शव आइतबार बिहान साढे १० बजे पहिरोबाट निकालिएको प्रहरीले जनाएको छ।

गएराति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा पतिपत्नी नै बेपत्ता भएका थिए।

प्रहरीका अनुसार पहिरोमा पुरिएकी उनीहरूकी १९ वर्षीया छोरी सम्झना चलाउनेको भने आइतबार बिहान १० बजे उद्धार गरेर नेपाली सेनाको हेलिकप्टरमार्फत् प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका लागि पठाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ