सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन

शोक

सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन

थकाली मुग्लान रेष्टुरेन्ट, हिमाअस कन्सल्टेन्सी र मलबेरी इन्स्टिच्यूटका संचालक हुन्

razman thakali

पोखरा। युवा व्यवसायी एवं सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमान थकालीको निधन भएको छ ।

लामो समयदेखि अष्ट्रेलियामै बसोबास गर्दै आएका थकाली फोक्सोको रोगबाट पीडित थिएँ । रोगको उपचार हुँदै आएकोमा अन्ततः शनिबार साँझ अन्तिम श्वास फेरेका हुन् ।

थकालीको अष्ट्रेलियामै नेपाली समयअनुसार शनिबार साँझ साढे ५ बजे निधन भएको सहारा क्लब पोखराका पूर्व अध्यक्ष विक्रम थकालीले पुष्टि गरे ।

५० वर्षीय राजमानका श्रीमती र २ जना छोराहरु छन् । उनको नेपालमा पोखरा, नागढुंगामा घर छ । उनको पुर्ख्यौली घर हिमालपारिको जिल्ला मुस्ताङ हो ।

थकाली पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेष्ट तथा हिमाअस कन्सल्टेन्सी र मलबेरी इन्स्टिच्यूटका संचालक थिए ।

फुटबल खेलमा अभिरुची राख्ने उनी सहाराले अष्ट्रेलियामा बिस्तार गरेको आफ्नो शाखामा उनी संस्थापक अध्यक्ष बनेर सेवा गर्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ