‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक’ – सौगात थापा

पोउवा संघको ३५ औं महाधिवेशनः

‘नारामा युवा पटकपटक, नेतृत्वमा युवा यस पटक’ – सौगात थापा

saugat speech

पोखरा उद्योग वाणिज्य संघको नेतृत्व होडमा उभिएका सबैभन्दा कान्छा उम्मेदवार हुन् सौगात थापा । उनी नयाँ भने होइनन्, यसअघिको कार्यसमितिमै मनोनित भएर अनुभव बटुलिसकेका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशनमा सदस्य पदमा उनी प्रतिष्पर्धामा छन् । भदौ २८ र २९ गते हुने महाधिवेशनका लागि अर्जुन पोखरेल प्यानलबाट सदस्यमा उठेका छन् । उनको क्रम संख्या १४ हो ।

चुनावका बेला युवा शब्द नारामा छुट्दैनन् । तर, नेतृत्वमा युवा स्विकार नगरेको अवस्था छ । थापा भने यसपाली यसै विषयलाई नारा दिएर चुनावी मैदानमा छन् । उनको नारा छ ‘नारामा युवा पटक पटक, नेतृत्वमा युवा यस पटक’ ।

शनिबार पोउवासंघमा भएको उम्मेद्वार परिचय कार्यक्रममा बोल्दै सौगातले उद्योग वाणिज्य संघको छविलाई उचाल्न युवा नेतृत्वको आवश्यकता रहेको उल्लेख गरे ।

युवा व्यवसायीका समस्यालाई सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको भनाई उनको छ ।

यसअघि पवन प्रजापतिको नेतृत्वमा रहेको कार्यसमिति टीममा रही अनुभव लिएका थापाले व्यवसायमा आफ्नो उर्जा र समय खर्च गर्दै जाँदा व्यवसायीहरुका कयौँ समस्या र नीतिगत रुपमा भएका अफ्ठ्याराहरु नजिकबाट महसुस गरेको बताए ।

उनले बुवा विन्दुकुमार थापाको पथलाई पछ्याउँदै उद्योग वाणिज्य संघमा आवद्ध भई व्यवसायीको पीरमर्कालाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बुवाले सेवा गरेको संस्था आफ्ना लागि मन्दिर जस्तो पवित्र भएको उल्लेख गर्दै सेवामा समर्पित हुने उनले बताए । बुवाको राजनीतिमा सक्रियता बढ्दै गएपछि सम्पूर्ण व्यवसायको जिम्मेवारी सम्हाल्दै आएका सौगात टीममा विश्वास गर्छन् ।

‘सोचेको ठूलो काम गर्नुछ भने त्यो समूहमा मात्रै सम्भव छ । त्यसैले अहिले म होइन मेरो टीमको विश्वासमा यहाँहरुका अगाडि उभिएको छु । अध्यक्षका रुपमा प्रत्यासी रहनुभएका दाइ अर्जुन पोखरेलको टीमबाट यो निर्वाचनमा हामी उद्योगी व्यवसायीका घरदैलो र मनसम्म पुगेका छौँ । अर्जुन पोखरेलको टीम कुनै गुटगत टीम होइन बरु उर्जाले भरिएका विभिन्न उमेर समुह र अनुभवका अनेक खुडकिलो पार गरेका व्यक्तिहरुको साझा टीम हो । हाम्रो एकता छ ।’ उनको भनाई छ ।


आफू र आफ्नो टीमसँग स्पष्ट खाका र उद्योगी व्यवसायीलाई परेको व्यथाको यथार्थ ज्ञान भएको उनले बताए । संघलाई अगाडि बढाउन योजना र सपना भएकाले पोखरेल प्यानललाई नै मत दिन व्यवसायीलाई उनको आग्रह छ ।

व्यक्तिका रुपमा कसले चुनाव जित्छ त्यो महत्वपूर्ण नभई कुन टीमले के गर्न सक्छ, त्यो महत्वपूर्ण भएको भनाई उनको छ । व्यवसायीहरूको सल्लाह र सुझाव बमोजिम हकहित र पैरवीमा लाग्ने विषयमा आफू सचेत भएको समेत उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ