‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी

‘मानिया’ इनर्जी ड्रिंक पिउँदा तामाङ्गले जिते ३२ इन्चको एलइडी टिभी

Mania

पोखरा। मानिया इनर्जी ड्रिंक पिउँदा पोखरा फूलबारी ब्यारेकमा कार्यरत शम्भु तामाङ्गले ३२ इन्चको एलइडी टिभी जितेका छन्।

हाइजेन प्याक्स नेपाल प्रा.लि झापाबाट उत्पादित मानिया इनर्जी ड्रिंक पिउँदा तामाङ्गले एलइडी टिभी जितेका हुन्। उनलाई गण्डकी प्रदेश इन्चार्ज गोपाल सापकोटाले एक कार्यक्रमका बिच टिभी हस्तान्तरण गरे।

प्रदेश इन्चार्ज सापकोटाले उपभोक्ताहरूले ‘मानिया’ इनर्जी ड्रिंक पिउँदा क्यानको पुलअफ रिङ्गमुनि नगद पुरस्कारका अतिरिक्त मोटरसाइकल, टिभी, टिसर्ट लगायत मानिया ड्रिंक ‘फ्रि’ लगायतका उपहारहरू जित्न सक्ने बताए।

हाल यस कम्पनीले ‘मानिया’ इनर्जी ड्रिंक र ‘इभिल’ इनर्जी ड्रिंक, बदाम जुस २५० एमएलमा र टेट्रा जुस २०० एमएलमा उत्पादन गर्दै आइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ