अर्जुनचौपारी मेलामा लोक गायक विक्रम र गायिका सीमाले नचाए दर्शक

अर्जुनचौपारी मेलामा लोक गायक विक्रम र गायिका सीमाले नचाए दर्शक

image

दलित उत्थान केन्द्र अर्जुनचौपारीद्वारा आयोजित दोस्रो रमाइलो तीज मेलामा लोक गायक विक्रम परियार र लोक गायिका सीमा नेपालीले दर्शकलाई नचाएर रमाइलो गरेका छन् ।

महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा आयोजित मेलामा लोक गायक परियारले `मायाले नबोल रुखो´, `अन्त नभने´, `चौतारीको वर´, `बाँचेको छु धन्न´, `पर्खिम अझै कति´ लगायतका गित र गायिका सिमा नेपालीले `बिछोड हुनलाई´, `झिलझिल सितारा´, `पिरती बुनेसी´, `मै छोरीलाई गाह्रो भो´ लगायतका बोलका गितमा सयौंको संख्यामा उपस्थित दर्शकलाई नचाएर भरपुर मनोरञ्जन गराएका थिए ।

अर्जुनचौपारीमा आयोजित रमाइलो मेलामा गायक लक्ष्मण चापागाईं, दीर्घनारायण अधिकारी, राजु अधिकारी र नृत्यांगना सगुन थापाले समेत आफ्नो प्रस्तुति दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

त्यस्तै, कार्यक्रममा स्थानीय आमा समूहको तीज गित प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, घैँटो फुटाउने तथा भाले छोप्ने प्रतिस्पर्धा समेत गरिएको थियो । प्रतिस्पर्धामा विजयीलाई पुरस्कार प्रदान गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ