माछा मार्न गएका दुई युवकलाई राप्ती नदीले बगायो

माछा मार्न गएका दुई युवकलाई राप्ती नदीले बगायो

rapti bagayo

चितवनको मेघौलीका दुई जनालाई राप्ती नदीले बगाएको छ । माछा मार्न शुक्रबार अपराह्न तीनजना राप्ती नदी पुगेर बेपत्ता भएका थिए । बेपत्तामध्ये १ जना भेटिएका छन् भने दुईजनाको खोजी कार्य जारी छ ।

इलाका प्रहरी कार्यालय, पर्साढापका अनुसार भरतपुर महानगरपालिका २५ का ४३ वर्षीय सञ्जीव चौधरी, वडा नं. २७ का ४५ वर्षीय सुकबहादुर परियार र २८ वर्षीय रोहितकुमार चौधरीलाई नदीले बगाएको थियो ।

तर, बगेको केहीबेरमा रोहितकुमार भने उत्रिए तर, दुईजना उत्रिएनन् । उनले प्रहरीलाई बताएअनुसार अन्य दुईजना साथीलाई जमुनाघाटबाट नदीले बगाएको थियो ।

निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ गोरख गणका नेपाली सेना, स्थानीयबासीको टोलीले शनिबार पनि बिहानैबाट हात्ती र मोटरबोटबाट खोजी सुरु गरेका छन् । सेनाले रोहितकुमारको सूचनाको आधारमा अन्य दुई जनाको खोजी भइरहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ