सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम

सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम

sun gold

सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रति तोला एक हजार तीन सय रुपैयाँले वृद्धि भएको जनाएको छ ।

महासंघका अनुसार छापावाला सुनको मूल्य आज एक लाख ५३ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ । बिहीबार प्रतितोला एक लाख ५२ हजारमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलाको एक हजार सात सय ९५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ