एमाले सत्ता पक्ष बनेपछि गण्डकी प्रदेशसभा अधिवेशन २६ गतेबाट

प्रदेशसभा

एमाले सत्ता पक्ष बनेपछि गण्डकी प्रदेशसभा अधिवेशन २६ गतेबाट

Gandaki Pradesh Sabha

पोखरा । सरकार परिवर्तनका कारण प्रभावित बनेको गण्डकी प्रदेश सभाको बैठक दुई महिनापछि भदौ २६ गते बस्ने भएको छ ।

गण्डकीको छैटौँ अधिवेशन अन्तर्गत असार १८ गतेको बैठकपछि प्रदेश सभा स्थगित गरिएको थियो । गण्डकी प्रदेश सभाबाट असार १७ गते आर्थिक वर्ष २०८१/८२ को बजेट पारित भएको थियो ।

प्रदेश सभाका उपसचिव प्रेम सुवेदीले सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते सदन आह्वान गरेको जानकारी दिए । गण्डकी प्रदेश सभामा अहिले दुई विधेयक छलफलमा छन् । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी विधेयक छलफलका क्रममा छन् ।

गएको वैशाख १६ गते सर्वाेच्चको परमादेशबमोजिम नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मात्र सरकारलाई पूर्णता दिएका थिए । सत्ता गठबन्धनमा आएको फेरबदलका कारण संसदीय समितिहरूसमेत निस्क्रिय बनेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ