एकै गाउँका २०–२३ वर्षका तीन युवकको असामयिक निधनपछि यतिबेला बागलुङको बान्द्रे अढाईथरबासी शोकमा डुबेको छ ।
तीजको दर खाएर नाचगान गरिरहेको समयमा स्थानीय बान्द्रेखोलामा उर्लिर बाढी आएपछि सवारी चलाइरहेका तीन युवाहरु अर्जुन सापकोटा, अभिषेक रेग्मी र कमल सापकोटा खोलासँगै बगे ।
कमल २० वर्षका, अभिषेक २२ वर्षका र ६ महिनाअघि मात्रै विवाह गरेका अर्जुन २३ वर्ष उमेरका हुन् । होनहार युवाहरुको असमयमै मृत्यु भएपछि गाउँ शोकमा डुबेको हो ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले गण्डकन्यूजलाई जानकारी दिए अनुसार विहिबार मध्यराति पौने १२ बजेको समयमा बान्द्रेखोलामा आएको बाढीले सडकमा गुडिरहेका स्कुटर र मोटरसाइकल बगाउँदा उनीहरुलाई बगाएको हो ।
बागलुङ नगरपालिका वडा नम्बर ४ स्थित बान्द्रेखोलाले कुँडुलेदेखि मालिका जाँदै गरेको उनीहरु सवार ध १ प ९९९६ स्कुटर र ध २ प ८०१० नम्बरको मोटरसाइकल बगाएको हो ।
अर्जुन र अभिषेकको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको थियो भने कमल ढिला गरी मृत फेला परेका थिए । बाइक र स्कुटर खोला छेउमा भेटिएको थियो ।
स्थानीयका अनुसार तीनै जनाका अभिभावक विदेशमा छन् ।

सम्बन्धित समाचारः
बागलुङ बान्द्रेखोलामा मध्यराति बाढी आउँदा तीन युवकको मृत्यु
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की