पर्वत एम्बुलेन्स दुर्घटना [अपडेट]: घाइते महिलाको मृत्यु, आफन्तले आज शव बुझे

दुर्घटना

पर्वत एम्बुलेन्स दुर्घटना [अपडेट]: घाइते महिलाको मृत्यु, आफन्तले आज शव बुझे

acc parbatt

गत बुधबार पोखराबाट बागलुङ गईरहेको बससंग विपरित दिशाबाट आउँदै गरेको एम्बुलेन्स दुर्घटनामा घाइते मध्ये एक जनको मृत्यु भएको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ४ अर्मादी घुम्तिमा बस र एम्बुलेन्स ठोक्किँदा ३ जना घाइते भएका थिए ।

दुर्घटनामा परी घाइते सबैलाई थप उपचारको लागि पोखरा रेफर गरिएको थियो ।

उपचारको क्रममा कुश्मा नगरपालिका १ पाङ बस्ने ४५ बर्षकी भगवती क्षेत्रीको बुधवार राती ८ः ४५ बजे नै निधन भएपनि ३ दिनपछि मात्र शव आफन्तले बुझेका हुन् ।

परिवारले आज मात्रै शव बुझेको जिल्ला प्रहरी कार्यलय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित श्रेष्ठले गण्डकन्यूजलाई जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकी ४९ बर्षकी केशरी अधिकारी अहिले पनि उपचारत छिन् भने ५२ बर्षकी गीता कुमारी क्षेत्री भने उपचार पछि डिस्चार्ज भइसकेकी छन् ।

बाप्र ०६ ००१ ख ०३०० नम्बरको बस र पर्वतको जलजला गाउँपालिकाको ग १ झ ६९५ नम्बरको बिरामी बोकेको एम्बुलेन्स आपसमा ठोक्किएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ