काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक खुला गराएको छ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटाईएको जानकारी दिएको हो।
सरकारले २०८१ भदौ ६ गते बिहीबार मन्त्रिपरिषद् बैठक बसेर सरकारले टिकटकमाथि लागेको प्रतिबन्ध सशर्त फुकुवा गरेको थियो। जसअनुसार सशर्त टिकटक खुला गर्ने निर्णय भएको थियो।
सोहीअनुसार आज प्राधिकरणले टिकटक माथिको प्रतिबन्द फुकुवा गरिएको जानकारी दिएको छ।
नियामक निकायले निर्देशन दिएसँगै आजदेखि सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुको इन्टरनेटमार्फत टिकटक संचालन हुने भएको छ।
“नेपाल सरकार, मन्त्रिपरिषद्को २०८९/०५/०६ गतेको बैठकबाट सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाईएको रोक हटाउने निर्णय भएको हुँदा अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाईएको रोक हटाउन दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन जारी गरिएको छ,” नियामकले सूचनामा भनेको छ।
नियामकले आज निर्देशन दिएको भएपनि यसअघि नै केहि इन्टरनेट सेवा प्रदायकहरुले अनधिकृत रुपमा टिकटक आफ्नो इन्टरनेट सेवामार्फत खुलाएका थिए।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालमा सामाजिक सदभाव खलबलिएको भन्दै टिकटक माथि प्रतिबन्ध लगाएको थियो।
सम्बन्धित खबर
गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा पर्यटकीय स्थल आलिताल अवलोकन भ्रमण
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
बढ्यो इन्धनको मूल्य
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना
नागरिकतामा बुवाको नाम अनिवार्य नहुने व्यवस्था गरिँदै
रविबारे रुपन्देही जिल्ला अदालतले दिएको आदेशमा के छ ? [पूर्णपाठ]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो