तोलामा १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नयाँ रेकर्ड

तोलामा १३ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

gold2

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो।

यस्तै, छापावाल सुन तोलामा १ लाख ३१ हजार ४३० रुपैयाँ कायम भएको छ ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ