बागलुङ बान्द्रेखोलामा मध्यराति बाढी आउँदा तीन युवकको मृत्यु

बाढी

बागलुङ बान्द्रेखोलामा मध्यराति बाढी आउँदा तीन युवकको मृत्यु

मोटरसाइकल र स्कुटरलाई बाढीले बगाउँदा मानवीय क्षति

baglung badhi

बागलुङको बान्द्रेखोलामा मध्यराति आएको बाढीले सडकमा गुडिरहेका स्कुटर र मोटरसाइकल बगाउँदा तीन युवकको ज्यान गएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर ४ बान्द्रेमा गएराति पौने १२ बजे आएको बाढीले कुँडुलेदेखि मालिका जाँदै गरेको ध १ प ९९९६ स्कुटर र ध २ प ८०१० नम्बरको मोटरसाइकल बगाएको हो ।

स्कुटर र मोटरसाइकल बगाउँदा बान्द्रे अढाइथरका तीन युवकहरु २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अभिषेक रेग्मीको र २० वर्षीय कमल सापकोटा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डीएसपी) विजय यादवले गण्डकन्यूजलाई जानकारी दिए ।

अर्जुन र अभिषेकको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले बताए । कमल भने ढिला गरी मृत फेला परेका हुन् ।

डीएसपी यादवका अनुसार मृतक सबैको पोस्टमार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा लगिएको छ । बान्द्रेखोलामा आएको बाढीले मान्छे बगाएको खबर पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ