पोखरा उद्योग वाणिज्य संघको नेतृत्वको लागि चुनावी मैदानमा होमिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् । उनका टीमका अन्य पाँच पदाधिकारी भने निर्विरोध चयन भइसकेका छन् ।
अध्यक्षका उम्मेदवार पोखरेल प्यानल १६ बुँदे प्रतिबद्धता पत्रसहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् ।
पोखरेल प्यानलले १६ बुँदे प्रतिबद्धता पत्रमा पोखरा उद्योग वाणिज्य संघको छविलाई उठाउने, आर्थिक मन्दीका समयमा समस्यामा परेका व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न पहलकदमी गर्ने उल्लेख गरेका छन् ।
यस्तै पोखरा भित्रिने जीर्ण राजमार्गलाई छिटो निर्माण गर्न समन्वयकारी भूमिका खेल्ने, यातायात व्यवसायी र सर्वसाधारणका समस्यालाई समाधान गर्न समन्वय गर्ने, पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन पहलकमी गर्ने, ऋण तिर्न नसकेर कालो सूचीमा परेका व्यवसायीहरुको समस्या समाधानमा पहलकदमी गर्ने प्रतिवद्धता जनाएका छन् ।
पोखरेल प्यानलले कर र ऋणको ब्याजमा छुट दिन सरकार र बैँकलाई तोकता गर्ने, उद्यमशीलताको विकास गरी युवालाई स्वरोजगार बनाउने बाटोमा पहलकदमी गर्ने, व्यवसायी संघसंस्थासँग समन्वय गर्दै समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्ने, तीनै तहको सरकारसँग समन्वय गर्दै व्यवसायीमैत्री नीति निर्माणमा पहलकदमी गर्ने व्यवसायी समक्ष प्रतिवद्धता जनाएका छन् ।
यस्तै घरबेटीले बहाल पाउने र व्यवसायीले तिर्न सक्ने समन्वयकारी भूमिका खेल्ने, फेवातालको मापदण्डको समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने, पार्किङको समस्या समाधान गर्न महानगरसँग समन्वय गर्ने र शिक्षा, स्वास्थ्य लगायत सेवामुलक व्यवसायीमा देखिएका समस्या समाधान गर्न अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।

पोखरेल प्यानलका तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध
पोखरेलको प्यानलमा रहेका उत्तममान बुद्धचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष, वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) मा निर्विरोध बनिसकेका छन् ।
यस्तै, पोखरेल प्यानलमा नै रहेका कार्यसमिति सदस्यमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य)मा निर्विरोध बनिसकेका छन् । निर्विरोध भएका उनीहरुलाई निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ ।
पोखरेलको प्यानलमा उपमहासचिव पदमा बालकृष्ण कोइराला रहेका छन् ।
यस्तै, कार्यसमिति सदस्यहरुमा क्रमशः भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललित बहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो