पोखराको बाटुलेचौरमा आयोजित प्रथम अन्तर क्लव ह्याण्डबल प्रतियोगिताको उपाधि टीम मनकामनाले उचालेको छ।
ऐतिहासिक बाटुलेचौर तीज मेलामा आयोजना भएको प्रतियोगितामा टिम विशाललाई पराजित गर्दै टिम मनकामनाले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकाे हो ।
उपविजेतामा चित्त बुझाएको टिम विशालले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेकाे खेल संयोजक अनिल बस्नेतले जानकारी दिए।
त्यस्तै, उच्च स्कोर टिम मनकामनाका विशाल वस्नेत, वेष्ट किपर टिम मनकामनाकै निशान गुरुङ र वेष्ट प्लेयर टिम विशालका सुदिप गुरुङ घोषित भए ।
विजयी टिमलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना र मुल व्यवस्थापन समितिका संयोजक रामकुमारी बानियाँले नगद, ट्रफी, मायाको चिनो र प्रमाणपत्र वितरण गरे ।
तीन दिनसम्म भएको प्रतियोगितामा ६ वटा टिमले सहभागिता जनाएका थिए।
यसैबीच, मेलामा आयोजित अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रथम भएको छ। १७ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा अल्फा बोडिङ्ग स्कूल द्वितीय, रिभरडेल स्कुल तृतीय र पोखरा एकेडेमी, ईन्द्रराज्य लक्ष्मी मा वि, निर्मल आधारभूत विद्यालय सान्त्वना भएको संयोजक मञ्जु बस्यालले जानकारी दिए ।
विजयी टोलीले नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन्।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला