पोखरा । पोखरा १६ स्थित बाटुलेचौरमा ऐतिहासिक बाटुलेचौर तिज मेला सुरु भएको छ ।
वडा कार्यालय, पोखरा १६ को संरक्षकत्वमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र २१ गतेसम्म बाटुलेचौर खेल मैदानमा हुने मेलाको बुधबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री थापाले साँस्कृतिक मेला महोत्सवले स्थानीय पहिचानलाई विश्वमाझ पुर्याउने बताए । उनले पोखराको बाटुलेचौर प्राचिन मेला स्थलको रुपमा रहेको बताउँदै, यसको संरक्षण विकासमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्घता जनाए । संस्कृति संरक्षणमा नयाँ पुस्ता जागरुप हुनुपर्नेमा जोड दिदैं मन्त्री थापाले कला संस्कृति हराए मानव अस्थित्व नै हराउने बताए । कार्यक्रममा मन्त्री थापाले ह्याण्डवलका अन्तर्राष्ट्रिय खेलाडी बाटुलेचौर निवासी विशाल बस्नेतलाई सम्मान गरे । मुल व्यवस्थापन समितिका संयोजक वडा सदस्य राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले तीज मेला बाटुलेचौरको पहिचान भएकाले यसलाई निरन्तरता दिन वडा कार्यालयले संरक्षकत्व ग्रहण गरेको बताए ।
कार्यक्रममा कृषिविज्ञ वेनी बहादुर वस्नेत, पूर्व संयोजक गुमादेवी गौतम अधिकारी, हिमालय क्लवका पूर्व अध्यक्ष मोहन थापा लयाायतले बोलेका थिए । जेष्ठ नागरिक हरिदेवी तिमिल्सीनाले हम्काईलो भाका प्रस्तुत गर्नुभएको कार्यक्रममा संरक्षण आमा समुहले तिज नृत्य, अन्नपूर्ण बालआश्रम, बालशिक्षा प्रि स्कुलका स–साना बालबालिकाले नृत्य तथा स्थानीय ज्योति बस्नेतले स्वागत गीत प्रस्तुत गरेका थिए । आयोजक बडकरबोट आमा समुहका अध्यक्ष कमला तिमिल्सीनाले स्वागत गरेको उद्घाटन कार्यक्रमको संचालन मुल समितिका सदस्य भिमबहादुर गायकले गरेका थिए । कार्यक्रममा लोक दोहोरी गायक राम्जी पौडेल र सुनिता नेपालीले चर्चित तीज गीत प्रस्तुत गरेका थिए भने झलकमाा सारगी पाठशालाका विद्यार्थीले सारंगी धुन समेत प्रस्तुत गरेका थिए ।
मेलामा भाद्र १९ गते ह्याण्डबल प्रतियोगिता, २० गते अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुती रहने प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले बताए । मेलामा स्थानीय कलाकारको सांगितिक प्रस्तुती समेत रहने छ । सोही मेलामा वडा कार्यालयले वडाभित्रका विद्यावारिधी गर्न सफल करिव २५ जना व्यक्तिलाई सम्मान र सामुदायीक विद्यालय तर्फ नेपाल मै उत्कृष्ट भएको विन्ध्यवासिनी मा.वि र कास्कीमा उत्कृष्ट बनेको ईन्द्रराज्य लक्ष्मी मा.विलाई सम्मान गर्ने तयारी समेत गरेको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए ।
मेला सञ्चालनका लागी करिव १३ लाख खर्च लाग्ने र सो रकम विभिन्न सहयोगदाताबाट संकलन गरिने वडा सदस्य एवं अर्थ संकलन उपसमितिका संयोजक रामचन्द्र आचार्यले जानकारी दिए । शाहकालिन इतिहास जोडिएको बाटुलेचौर तिजमेला मुलुक कै पुरानो तीज मेला हो ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते