पोखरीमा डुबेर ३ बालकको मृत्यु

पोखरीमा डुबेर ३ बालकको मृत्यु

swim paudi dubera mrityu balak

प्रतिकात्मक तस्वीर

धनुषा । धनुषामा पोखरीमा डुबेर ३ जना बालकको मृत्यु भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ करिव ७ बजे ३ बालक डुबेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।

प्रहरीका अनुसार उनीहरु मावलीघरका हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो । डुब्ने बालकहरु महावीर साहका तीन छोरीका जेठा छोराहरु रहेको प्रहरीले जनाएको छ।

तीनैजना बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

सबै भोजमा व्यस्त रहेका बेला उनीहरु पोखरीमा पौडी खेल्न जाँदा डुबेको हुन सक्ने प्रहरीको अनुमान छ । घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ