सेती नदी खोल्सामा खस्यो कार, पार्किङका लागि ब्याक गर्ने क्रममा दुर्घटना

दुर्घटना

सेती नदी खोल्सामा खस्यो कार, पार्किङका लागि ब्याक गर्ने क्रममा दुर्घटना

चालक र नाबालिका छोरीको सकुशल उद्धार

mahendrapool seti pu2

बुधबार राति पोखरामा भयानक दुर्घटनामा एक पुरुषको नाबालकिा छोरीसहित भाग्यवश ज्यान जोगिएको छ ।

पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवास्थित सेती नदीको खोल्सामा २० मिटर मुनी कार खसेकोमा पोखरा-८ सिमलचौरका ४० बर्षीय लोकेन्द्र आचार्य र उनकी छोरी ४ बर्षकी शितल आचार्यलाई प्रहरीले सकुशल उद्धार गरेको छ ।

बुधबार पौने ८ बजे रानीपौवास्थित मेडिप्लस हस्पिटल पछाडिबाट कार खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग२च ८१३८ नम्बरको कार पार्किङका लागि ब्याक गर्नेक्रममा खोल्सामा खसेको प्रहरीले जनाएको हो ।  कार खसेर करिब २० मिटर तल पुगेर अड्किएको छ ।

कार भने खोल्सामै रहेको र रातको समय भएकाले निकाल्न कठिन भएको प्रहरीको भनाइ छ ।

कार खसेको सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटिएर चालक र बालिकाको उद्दार गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ