पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

दुर्घटना

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

Bike Motercycle Accident GandakNews

पोखरा । पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा परी अर्का युवक घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १७ घारीपाटन बस्ने पर्वत कुश्मा नगरपालिका-१४ आर्थरका २० वर्षीय विश्वास विक छन् ।

विक सवार ग१५प ३२१ नम्बरको मोटरसाइकल पोखरा-१७ बिरौटास्थित सडकमा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियाे ।

उनको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलकै पछाडि सवार घाइते एक युवकको जिएमसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ