पर्वतमा बस र एम्बुलेन्स ठोक्कियो

दुर्घटना

पर्वतमा बस र एम्बुलेन्स ठोक्कियो

३ जना घाइते

acc parbatt

पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ४ अर्मादी घुम्तिमा बस र एम्बुलेन्स ठोक्किँदा ३ जना घाइते भएका छन् ।

पोखराबाट बागलुङ गईरहेको बससंग विपरित दिशाबाट आउँदै गरेको एम्बुलेन्स अपरान्ह ४ बजेतिर ठोक्किएको हो ।

बाप्र ०६ ००१ ख ०३०० नम्बरको बस र पर्वतको जलजला गाउँपालिकाको ग १ झ ६९५ नमबरको बिरामी बोकेको एम्बुलेन्स आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी घाइतेमध्ये कुश्मा नगरपालिका १ पाङ बस्ने ४५ बर्षकी भगवती क्षेत्रीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ४९ बर्षकी केशरी अधिकारी र ५२ बर्षकी गीता कुमारी क्षेत्री पनि घाइते भएका छन् ।

एम्बुलेन्समा उपचारका लागि पोखरा लैजाँदै गरेका बिरामी ५५ बर्षकी ईश्वरी पाठकको अवस्था भने सामान्य छ । सबै घाइतेलाई पोखरा गण्डकी मेडिकल कलेजमा रेफर गरिएको कुश्माकी उपमेयर स्वस्थानी रिजालले जानकारी दिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ