गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले अनुशासित समाज निर्माण गर्न समुदाय स्तरमा स्थापित सामाजिक संघसंस्थाको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।
संघसंस्थाहरुले सामाजिक अभियन्ता तथा सामाजिक, राजनीतिक अगुवा नेतृत्वको निर्माण गरी समाज र राष्ट्रको असल र कुशल नेतृत्व निर्माणमा समेत भूमिका खेलेको बताए ।
पोखरा लामाचौर स्थित नवआदर्श सामुदायिक विकास समाजको २८ औं वार्षिकोत्सव समारोह, लामाचौर तीज महोत्सव, तीजे गीत प्रतियोगिता तथा विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
सेवा हीः परमो धर्म ‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ भन्ने मूल नाराका साथ नव आदर्शले २०५४ सालदेखि नै हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा वार्षिक रुपमा लामाचौरमा तीज महोत्सव सञ्चालन गर्दै आएकोमा खुशी पनि व्यक्त गरे ।
पोखराको लामाचौर र बाटुलेचौर क्षेत्रको खुलेर प्रशंसा गरेका प्रदेश प्रमुख भट्टले सांगीतिक तथा खेलकुदका गतिविधि मात्र नभई सामाजिक सेवामा पनि संस्था समर्पित रहनु प्रशंसनीय पक्ष रहेको बताए ।
सारांशमा मन्तव्यः
गण्डकी प्रदेशको राजधानी पोखराको उत्तरी भागमा पवित्र सेती गण्डकीको किनारमा अवस्थित ऐतिहासिक पृष्ठभूमि बोकेको लामाचौर क्षेत्र, सांस्कृतिक मूल्य र मान्यता बोकेको स्थान पनि हो।
यसै ठाउँमा २७ वर्ष अघि स्थापना भएको यस आयोजक संस्थाले लोक संस्कृतिको जगेर्ना, खेलकुद तथा विविध विधाहरुमा प्रतियोगिता सञ्चालन गरी अग्रणी संस्थाको रुपमा पहिचान कायम गर्न सफल भएको थाहा पाएँ ।
मानवीय सेवाको लागि आकस्मिक एम्बुलेन्स सेवा र शव वाहन सेवा समेत निःशुल्क सञ्चालन गरी पुण्यको काम गरेको छ । गोस्तेघाट खेलकुद मैदान निर्माण तथा संरक्षणमा यसले ठूलो योगदान दिएको छ । यस्तै, विभिन्न विद्यालयहरुमा अक्षयकोष स्थापना गरी छात्रवृत्ति मार्फत् विद्यार्थीहरुको पठनपाठनमा सहयोग पु¥याउँदै शैक्षिक क्षेत्रमा पनि भूमिका खेलेको छ ।
यस संस्थाको पहिचान एउटा सबल सामाजिक गैरसरकारी संस्थाको रुपमा रहेको मैले पाएको छु । बालकदेखि वृद्धसम्म सबैको साझा घरको रुपमा आफूलाई उभ्याउन सफल भएकोमा संस्थालाई बधाई एवं शुभकामना दिन चाहन्छु।
कला, साहित्य र संस्कृति संरक्षणको क्षेत्रमा गण्डकी प्रदेशकै ऐतिहासिक स्थल यस लामाचौर र बाटुलेचौरमा समय समयमा आयोजना हुने गरेका सांस्कृतिक मेला महोत्सव तथा खेलकुदका गतिविधिहरूले पोखरासहित समग्र गण्डकी प्रदेशको छुट्टै चिनारी स्थापना गरेको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताको महत्वपूर्ण भूमिका छ । सामुदायिक स्तरबाट वर्षौैँ वर्ष चलिरहेका यस्ता मेला महोत्सवहरुले हामीमा सामूहिक भावनाको विकास गराउँदै आपसी मेलमिलाप, विकासमा हातेमालो गर्दै अघि बढ्न सहयोग गर्दछ ।
मैले गत साता यहीँ नजिकै बाटुलेचौरको कार्यक्रममा समेत स्मरण गरेँ । यो ठाउँ यहाँको सबैभन्दा पूरानो बसोबास स्थान हो । मानवबस्ती बाक्लिएसँगै संस्कृति र संगीतको उद्गम स्थलका रुपमा रह्यो ।
विशेष गरी बाइसे चौबिसे राजाहरुको पालामा राजा कुलमण्डन शाहको गृष्मकालीन बसोबास गर्ने स्थानका रुपमा यो क्षेत्र परिचित स्थान हो । एकीकरण पूर्व यस लामाचौर चोक तबलाको बारी घोडा राख्ने ठाउँको रुपमा समेत प्रसिद्ध थियो ।
पहिले अड्डा अदालत नभएको अवस्थामा भद्रभलाद्मीहरू बसेर मुद्धामामिला टुंगाउने काम हुन्थ्यो । तत्कालीन अमाली बिसौनीबाट अमलाविसौनी ठाउँको नाम रहन गएको बुझेको छु । राजा कुलमण्डन शाह कास्कीकोटको तत्कालीन दरबारबाट यस स्थान लामाचौर, बाटुलेचौर आउँदा बाबियाको लठ्ठो बुनेर सेती नदी तरेको हुँदा बाबियाको तरो भनिएको रहेछ ।
खोँच उक्लने र ओर्लने गर्दा अकलाको शक्तिपीठ निर्माण गरेको भिरमा भएको मन्दिर आज यस क्षेत्रको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल अकला मन्दिर नामाकरण भएको बुझेको छु। विक्रम सम्वत् १९७२ मा योगी नित्यानन्दले नित्यानन्द पाठशालाको रुपमा सुरुवात गराई गुरुकुल शिक्षा मार्फत् यस क्षेत्रको शिक्षाको आरम्भ भएको थियो ।
सरकारले अधिग्रहण गरेर राखेको जग्गा वितरण गरेको ठुली बेसीको फाँट हुँदै तत्कालीन घले राजा अर्मलाकोट गई बसोबास गर्ने गरेको बुझिन्छ । सयौं वर्षको इतिहास बोकेको अकला भगवती, सुरथेश्वर शिवालय लगायत धार्मिक पर्यटकीय सम्भावना बोकेका प्रशस्त स्थलहरु यहाँ छन् । लामाचौर, बाटुलेचौर, पुरुन्चौर, घार्मी र अर्मला यस क्षेत्रका महत्वपूर्ण प्राकृतिक सम्पदाले पूर्ण स्थान यस क्षेत्रको पहिचान हो ।
गन्धर्वका सारङ्गी संस्कृति, परियारहरुका पञ्चेबाजा, नेवारहरुका लाखे नाच, ब्राह्मण क्षेत्रीका कृष्ण चरित्रलगायतका कारण यस क्षेत्र सांस्कृतिक पक्षमा धनी छ । जनकविकेशरी धर्मराज थापा, लोकगायक झलकमान गन्धर्वहरुले यस क्षेत्रलाई आफूसँगसँगै लोकमा फैलाउनुभएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने