डेंगुको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु

डेंगुको संक्रमणबाट चितवनमा थप १ जनाको मृत्यु

denguee

चितवन । चितवनमा डेंगुको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष छन् ।

उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि शुक्रबार अस्पताल भर्ना भएका उनको उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।

उनका अनुसार बिरामीमा कडा खालको डेंगु देखिएको थियो । शरिरका विभिन्न भागबाट रक्तश्राव भई अंगहरुले काम गर्न छाडेर (मल्टि अर्गान फेलर) उनको मृत्यु भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यसअघि शनिबार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेंगुको संक्रमणका कारण मृत्यु भएको थियो । जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेंगुको संक्रमण देखिएको छ ।

तीन हजार तीन सय ३१ जनाको परीक्षणका क्रममा उनीहरुमा यो रोगको संक्रमण देखिएको हो । संक्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्ला बाहिरका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ