पोखरा लामाचौरमा राष्ट्रिय भलिबल सुरू, महिलातर्फ एपीएफ र न्यू डायमण्डको विजयी सुरूवात

भलिबल

पोखरा लामाचौरमा राष्ट्रिय भलिबल सुरू, महिलातर्फ एपीएफ र न्यू डायमण्डको विजयी सुरूवात

volley lamacharu (1)

तस्वीरः योगेन्द्र श्रेष्ठ

पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । महिलातर्फ ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करणको प्रतियोगिता सुरू भएको हो।

नव आदर्श सामुदायिक विकास समाजले आयोजना प्रतियोगितामा महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप न्यू डायमण्ड युथ स्पोर्ट क्बलले सुखद् सुरूवात गरेका छन् ।

मंगलबार सुरु प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी भलिबल संघले कमजोर देखियो। अन्तिम समयमा निम्तो पाएको गण्डकीको टोलीमा यू–१९ खेलाडी समावेश छन् ।

विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्बलसँग ३–१ को सेटमा गण्डकी पराजित भएको हो ।

दोस्रो खेलमा टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ ।

महिला तथा पुरुषतर्फ ४/४ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको फाइनल खेल २१ गते हुनेछ। राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको विजेतालेसमान १ लाख ५० हजार १११ रुपैयाँ प्राप्त गर्नेछन्।

उपविजेताले १ लाख १११, तेस्रोले ५० हजार १११ रुपैयाँ नगदको साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीसहित बेष्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिव्रो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचले पनि विधागत पुरस्कार पाउनेछन्।

गत संस्करणको पुरुषतर्फको उपाधि घरेलु टिम गण्डकी प्रदेश भलिबल संघ र महिलातर्फको उपाधि डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले जितेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ