समाजसेवी एवं शिक्षासेवी प्रेमराज पहारीको निधन

समाजसेवी एवं शिक्षासेवी प्रेमराज पहारीको निधन

prem raj pahari

पोखरा लेकसाइडका समाजसेवी एवं शिक्षासेवी प्रेमराज पहारीको निधन भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ६, लेकसाइड, लालुपाते मार्गस्थित आफ्नै निवासमा आजै मध्यान्ह उनको निधन भएको हो ।

८४ बर्षीय पहारी पछिल्लो समय प्राेष्टेट क्यासरबाट पीडित थिए ।

उनको पार्थीव शरीर मंगलबार दिउँसो ४ बजे लेकसाइड लालुपाते मार्गस्थित निवासबाट रामघाटमा अन्त्येष्टिका लागि लगिएको छ ।

तालबाराही माध्यमिक विद्यालयको सञ्चालक समितिका पूर्व अध्यक्ष पहारी तालबाराही मन्दिरका पूर्व सल्लाहाकार पनि थिए । त्यसैगरी, होटल संघ पोखराको सल्लाहकार भएर समेत उनले पोखराको पर्यटन क्षेत्रको विकासमा काम गरे ।

पहारी गुठी व्यवस्थापन समितिका सल्लाहकार पहारीले विभिन्न संघ सस्थामा आवद्ध भएर समाजसेवा गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ