वरिष्ठ अधिवक्ता एवं सहप्राध्यापक कृष्ण गुरुङ अस्ताए

वरिष्ठ अधिवक्ता एवं सहप्राध्यापक कृष्ण गुरुङ अस्ताए

Krishna-Gurung

पोखरा । वरिष्ठ अधिवक्ता तथा पृथ्वीनारायण क्याम्पसका पूर्व सहप्राध्यापक कृष्ण गुरुङको निधन भएको छ ।

लामो समयदेखि बिरामी उनको उपचारकै क्रममा सोमबार राति पोखराको चरक अस्पतालमा निधन भएको हो ।

हिमालय आँखा अस्पताल चलाइरहेको नेपाल नेत्रज्योति संघ गण्डकीका पूर्वअध्यक्षसमेत रहेका गुरुङ विभिन्न सामाजिक संस्थामा आवद्ध रही समाजसेवमा पनि सक्रिय थिए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका पुर्ख्यौली घर भई श्रीमतीसहित पोखरा दीपमा बस्दै आएका गुरुङका छोरीहरु बेलायत बस्छन् । उनीहरु आएपछि मात्रै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ