स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने

पदभार ग्रहण

स्वास्थ्यमन्त्री पाठकको पहिलो निर्णय : नसर्ने रोगको स्क्रिनिङ गर्ने

kp pathak 2

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले नसर्ने रोगको स्क्रिनिङ (पहिचान)योजनालाई कार्यान्वयनमा लैजाने पहिलो निर्णय गरेका छन् ।

सोमबार मन्त्रीको शपथ लिएपछि पदभार ग्रहण गर्दै उनले स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान थाल्ने निर्णय गरेका हुन् ।

बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, धुम्रपान, अत्यधिक तनावले नसर्ने रोगको संख्या बढिरहेको छ । नेपाल बर्डन अफ डिजिज, २०१९ को तथ्यांकअनुसार नेपालमा हुने मृत्युमध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोग : रक्तचाप, मधुमेह, मोटोपना, क्यान्सरबाट हुने गरेको छ ।

प्रारम्भिक अवस्थामै समुदायमा नसर्ने रोग पहिचान गर्न सकेमा त्यसले ठूलो रूप लिन नसक्ने र मृत्यु दर न्यूनीकरण गर्न सकिने भएकाले नसर्ने रोगको स्क्रिनिङको निर्णय गरेको मन्त्री पाठकले बताए ।

नेपाल सरकारले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना २०२१–२५ कार्यान्वयनमा ल्याएको छ । त्यसैअनुसार स्थानीय तहसँग मिलेर नसर्ने रोगको पहिचान गरिने मन्त्री पाठकले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ