भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट हटाएर वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएपछि गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) असन्तुष्ट बनेका छन् ।
सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यविभाजन गर्दा मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयबाट हटाए । मन्त्रीमा निरन्तर राखेपनि पाण्डेले मन्त्रालय फेरिदिएका हुन् ।
तीन पटक खेलकुद मन्त्रालय सम्हालेका मनाङेलाई पाण्डेले नै सत्ता जोगाउन भौतिक पूर्वाधार जस्तो मालदार मन्त्रालय सुम्पेका थिए । त्यसपछि खगराज अधिकारीले पनि सोहि मन्त्रालयमा राखे भने पाण्डे पुनः मुख्यमन्त्री बन्दासमेत उक्त मन्त्रालय नै सुम्पेका थिए ।
आज नवनियुक्त चार मन्त्रीको शपथग्रहण समारोहमै उनी रिसाएका थिए । त्यसपछि कसैसँग नबोली निस्किए । निस्कने बेला उनले `यस्तो मन्त्रालय जुनियरलाई दिने हो’ भनेका थिए ।
उनी पदभार ग्रहण गर्न गएनन् । उनले राजीनामा दिने बताएका छन् । मनाङे मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट्न मुख्यमन्त्री कार्यालय पनि पुगे ।
संसदको अघिल्लो कार्यकालमै तीन पटक मन्त्री भएर रेकर्ड राखेका मनाङे त्यसपछि अहिले पनि ३ पटक मन्त्री भइसकेका छन् । आज भने मन्त्रालय परिवर्तन भएको हो । चुनाव नै नलडी निर्विरोध प्रदेश सभा सदस्य बनेका मनाङे ६ पटक मन्त्री बन्दै रेकर्ड राखेका प्रदेश सांसद हुन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने